• २३ पुस २०८१, मङ्गलबार

कोभिड–१९सङ्कटकाल अन्त्य

blog

काठमाडौँ, वैशाख २३ गते ।  विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा गरेको छ ।

सङ्गठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको हो । सङ्गठनको आपत्कालीन समितिको १५औँ बैठकले जनस्वास्थ्य सङ्कटकाल अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो । सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले समितिको उक्त सल्लाहलाई स्वीकार गरेको बताउनुभएको छ । सङ्कटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको हो । 

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको जानकारी पाएको बताउनुभयो । सङ्गठनका अनुसार अब कोभिड–१९ ले ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’को प्रतिनिधित्व गर्दैन ।

कोभिड भाइरसको मृत्युदर जनवरी २०२१ मा प्रति साता एक लाखभन्दा बढी र २४ अप्रिलमा ३५ सयमा झरेको थियो ।  महानिर्देशक डा. टेड्रोसले कोभिड महामारीमा कम्तीमा ७० लाख मानिसको मृत्यु भएको बताउनुभयो । सङ्गठनले पहिलो पटक जनवरी २०२० मा कोभिडलाई विश्वप्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।