• ११ मंसिर २०८१, मङ्गलबार

‘ह्यासट्याग माया’को शुभसाइत

blog

काठमाडौं, वैशाख २२ गते । नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकारको मुख्य भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को आज शुभसाइत गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको शुभसाइत कार्यविनायक मन्दिरमा गरिएको हो । 

फिल्ममा नम्रता र सारुकसँगै रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । निर्माण टिमले शुक्रबार बिहान पूजा गर्दै फिल्मको छायांकन आउँदो साताबाट सुरु हुने बताइएको छ । यो फिल्ममो छायांकन काठमाडौंबाट सुरु भएर पोखरा, बर्दिया हुँदै धरानमा पुगेर सकिनेछ । 

थ्रिलर विधामा निर्माण हुने फिल्म प्रेमकथामा आधारित छ ।

फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । फिल्ममा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन  म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त हुनुहुन्छ ।