• २२ असार २०८१, शनिबार

फिल्म ‘परस्त्री’ को फस्टलुक सार्वजनिक

blog

काठमाडौं, वैशाख २२ गते । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहने फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक गरिएका पोस्टरमा शिल्पासहित प्रमुख कलाकार फिचर्ड छन् । ‘इरोटिक रोमान्स’ जनरामा निर्माण भएको यो फिल्म विवाहेत्तर सम्बन्धको कथामा आधारित छ।

फिल्म नेपालमा १०० पर्दा र भारतमा ५०० सय पर्दामा रिलिज हुने जनाइएको छ । पोस्टर सार्वजनिक गर्दै निर्मात्री पाण्डेले नेपाल र भारतसहित विश्वभर एकैसाथ प्रदर्शन गर्ने जानकारी दिनुभएको हो । 

यस्तै, फिल्म डीएस डिजिटलको ब्यानरमा फिल्म निर्माण भएको हो ।