• १२ मंसिर २०८१, बुधबार

सेती प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

blog

एम्बुलेन्स हस्तान्तरण कार्यक्रम।

अविनाश चौधरी

धनगढी, वैशाख २२ गते। रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ। 

क्लबका अध्यक्ष ठेकेन्द्रराज जोशीले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो। रोटरीले भन्सार छुट गरेर एक करोड ३५ लाख रुपियाँमा खरिद गरी जापानमा बनेको ल्याण्डक्रुज कम्पनीको एम्बुलेन्स दिएको जनाएको छ। 

एम्बुलेन्स हस्तान्तरणको अवसरमा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्राप्त एम्बुलेन्सले उपचारमा सहयोग पुग्ने बताउनुभयो। उहाँले मानवीय सेवामा काम गरेको भन्दै रोटरीलाई धन्यवाद ज्ञापन गर्नुभयो।  

त्यस्तै, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पनि रोटरी क्लब अफ धनगढीले मानवीय सेवाका विभिन्न कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो।