• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभाको सचिवमा पद्यप्रसाद पाण्डेय नियुक्त

blog

प्रतिनिधि सभाको सचिव नियुक्त पद्यप्रसाद पाण्डेय । फाइल तस्बिर

काठमाडौं, वैशाख २१ गते । प्रतिनिधि सभाको सचिवमा पद्यप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पाण्डेयलाई प्रतिनिधि सभाको सचिव नियुक्त गर्नुभएको हो । 

पाण्डेयलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

बिहीबार नै राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त हुनुभएको छ ।