• १२ मंसिर २०८१, बुधबार

प्रदेशस्तरीय डोरीतान सङ्घको अध्यक्षमा अधिकारी

blog

डोरीतान संघ लुम्बिनी प्रदेशको नवगठित समिति । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख १६ गते । लुम्बिनी प्रदेश डोरीतान सङ्घको भेलाले युवराज अधिकारीको अध्यक्षतामा समिति गठन गरेको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सम्पन्न भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

समितिको उपाध्यक्षमा शिव गैरे, उपाध्यक्ष, गणेश कुँवर, सदस्यमा धनराज डिसी, माधव महरा, भबिश्वर खड्का, प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । भेलामा सम्बोधन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य वीरेन्द्रप्रसाद चौधरीले लुम्बिनी प्रदेशमा छोटो समयमा डोरीतान खेलको विकास भएको बताउनुभयो । 

कपिलवस्तु जिल्ला खेलकुद परिषद् अध्यक्ष राजेश उपाध्यायले तीन तहको सरकारले खेलकुदलाई प्राथमिकता दिन सुरु भएको बताउनुभयो । नेपाल डोरीतान सङ्घका केन्द्रीय सदस्य मीनराज बेल्बासेको अध्यक्षतामा भेला सम्पन्न भएको छ । नवगठित समितिले छ महिनाभित्र साधारण सभा गरी पूर्ण समिति बनाउने जनाएको छ ।