• १३ असोज २०८१, आइतबार

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठक । तस्बिर : नवीन पौडेल/रासस

काठमाडौं, वैशाख १५ गते। सङ्घीय संसद्को चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले  अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिनुभयो।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुनेछ। चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो।

आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान हुनेछ। 

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले दुवै अधिवेशन अन्त्य भएको जनकारी पत्रमार्फत सभामुखलाई जानकारी गराउनुभएको हो ।