• १७ असार २०८१, सोमबार

२५ वर्षपछि एकसाथ काम गर्दै सलमान र करण

blog

काठमाडौं, वैशाख १४ गते । बलिउड फिल्म निर्देशक करण जोहर र अभिनेता सलमान खान २५ वर्षपछि फिल्ममा सँगै काम गर्ने भएका छन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कुछ कुछ होता है’मा दुवैको पहिलो सहकार्य थियो । 

शाहरुख खान र काजलको मुख्य भूमिका रहेको यस फिल्ममा सलमान खान अतिथि भूमिकामा थिए । त्यसपछि करणले धेरैजसो फिल्महरु शाहरुखलाई नै लिएर बनाउनुभएको छ । जुन फिल्महरु बक्सअफिसमा सफल भएका छन् । तर, त्यसपछि करणको निर्माण र निर्देशनमा बनेको फिल्ममा काम गर्ने अवसर सलमानलाई जुरेको थिएन । तर, अब भने दुबैको सहकार्य हुने भारतीय सञ्चार माध्यमले जनाएको छ ।

आउँदो वर्षको ईदमा प्रदर्शन हुने यस फिल्मलाई ‘शेरशाह’ का निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने भएका छन् । तर, निर्माण टिमले फिल्मबारे औपचारिक जानकारी भने दिएको छैन ।