• १२ मंसिर २०८१, बुधबार

सुदूरपश्चिम डायरी

विकास र सामाजिक रूपान्तरणमा फड्को मार्दै अछाम

blog

सुन्दर र आकर्षक पर्यटकीय गन्तव्य रामारोशन

शिवराज ढुङ्गाना 

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये एक हो, अछाम । यो दुर्गम क्षेत्रमा समावेश पहाडी जिल्ला हो । माथि उल्लिखित देउडा गीतले भनेझैँ अछाम यति आकर्षक र सुन्दर छ, जस्तो मन मिलेको मान्छे र वनको चरी डाँफे जत्तिकै राम्रो छ । भाषा, साहित्य, कला, ऐतिहासिक महìवका स्थल, प्राकृतिक विविधता र धार्मिक सम्पदाले भरिएको छ । पूर्वमा कालीकोट र दैलेख, पश्चिममा डोटी, उत्तरमा बाजुरा र दक्षिणमा सुर्खेत जिल्लाले घेरिएको अछाम एक हजार ६९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ५४० मिटरदेखि तीन हजार ८२० मिटरसम्म उचाइ रहेको छ । अछाम विभिन्न समुदाय (चालिसे, ढकाल, खप्तडी खड्का, बस्नेत, तिमिल्सेना, घोडासैनी, पुडासैनी, धमला, रिमाल, बराल, कुइँकेल, बजगाईंलगायत) को उद्गम भूमि भएको बताइन्छ । 

‘डोटी राम्रो डडेलधुरा अछाम राम्रो साफ्या

मान्छे राम्रो मन मिल्याको चरी राम्रो डाँफ्या’ 

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये एक हो अछाम जिल्ला । यो दुर्गम क्षेत्रमा समावेश पहाडी जिल्ला हो । माथि उल्लेखित देउडा गीतले भनेझैँ अछाम यति आकर्षक र सुन्दर छ, जस्तो मन मिलेको मान्छे र वनको चरी डाँफे जत्तिकै राम्रो छ । भाषा, साहित्य, कला, एतिहासिक महìवका स्थल, प्राकृतिक विविधता र धार्मिक सम्पदाले भरिएको छ । 

पूर्वमा कालीकोट र दैलेख, पश्चिममा डोटी, उत्तरमा बाजुरा र दक्षिणमा सुर्खेत जिल्लाले घेरिएको अछाम एक हजार ६९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ५४० मिटरदेखि तीन हजार ८२० मिटरसम्म उचाइ रहेको छ । अछाम विभिन्न समुदाय (चालिसे, ढकाल, खप्तडी खड्का, बस्नेत, तिमिल्सेना, घोडासैनी, पुडासैनी, धमला, रिमाल, बराल, कुइँकेल र बजगाईंलगायत) को उद्गम भूमि भएको बताइन्छ । 

यस जिल्लाको ५६ हजार ३४७ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १० हजार ३०८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ । १.०६१९ हेक्टर भू–भाग वनजङ्गलले ढाकेको छ । सरदर ५ डिग्रीदेखि ३० डिग्रीसम्म तापक्रम रहने गरेको छ । वार्षिक सरदर एक हजार ८९१ मिलिमिटरसम्म  वर्षा हुने गरेको पाइन्छ । दुइटा प्रतिनिधि सभा, चार प्रदेश सभा र १० स्थानीय तहमध्ये चार नगरपालिका र छ गाउँपालिका छन् । ९१ वटा वडा रहेका छन् । जसमा चार नगरपालिकाको ४७ वडा र छ गाउँपालिकाको ४४ वडा छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडेको यस जिल्लाको सदरमुकाम मङ्गलसेन समुद्री सतहबाट एक हजार ३६३ मिटर उचाइमा छ । 

मध्यपहाडी लोकमार्गसँग जोडिएको सदरमुकाम मङ्गलसेन बजार । 

साँफेबगर यहाँको मुख्य व्यापारी केन्द्र र सुविधायुक्त बजार हो ।  कमलबजार र विनायक पनि यहाँका मुख्य बजार क्षेत्र हुन् । २०७८ सालको जनगणनाअनुसार पुरुष एक लाख छ हजार २४० र महिला एक लाख २३ हजार ५७६ गरी दुई लाख २९ हजार ८१६ जनसङ्ख्या रहेको छ । ४९ हजार ९६९ परिवार सङ्ख्यामा १३७ जनघनत्व रहेको छ । बूढीगङ्गा र कैलाश खोला नदीका कारण समथर उर्वरभूमि, फाँटदेखि उच्च हिमाली क्षेत्र खप्तड र रामारोशन यहाँको मुख्य आकर्षक हुन् । यस जिल्लामा पुरुष साक्षर ७० दशमलव ७० प्रतिशत र महिला ४२ दशमलव ८७ प्रतिशत गरी जम्मा ९५ दशमलव ५५ प्रतिशत साक्षरता रहेको छ । ९५७ शैक्षिक संस्था र ४२ वटा सामुदायिक अध्ययन केन्द्र छन् ।   

सडक सञ्जालमा अछाम 

अछामको पूर्वीदेखि पश्चिमसम्म बीच भागलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडिदिएको छ । बेलखेतदेखि–चौखुटट्ेसम्म मध्यपहाडी सडकखण्ड कालोपत्रे छ । छ स्थानीय तहका १७ वटा वडा मध्यपहाडी सडकसँग जोडिएका छन् । 

सुदूरपशिचम प्रदेशको गौरवको योजना चिसापानी–जङ्गलघाट–बडीमालिका सडक निर्माणाधीन अवस्थामा रहेको छ । यस सडकले पनि अछामको आधा भू–भाग समेटेको छ । अछाम, बाजुरा, दैलेख, कालीकोटलगायतका जिल्लाबाट तराई जोड्ने छोटो दूरीको यो सडक निर्माणको काम तीव्र गतिमा भइरहेको पूर्वाधार कार्यालय अछामले जनाएको छ । 

सो सडकको जङ्गलघाट–बाँसकाडा (अछाम) खण्ड २५ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको बताइएको छ । बाँसकाडा–गैरीटाँड २३ किलोमिटर सडक कालोपत्रे प्रक्रियामा र दर्ना–जयगढ १२ किलोमिटर सडक खण्ड कालोपत्रे भइरहेको सो कार्यालयका प्रमुख रुद्रबहादुर बोगटीले बताउनुभयो ।


 कैलालीको बौनियाँ हुँदै बझाङको ताक्लाकोट पुग्ने सेती लोकमार्गले पनि पश्चिम अछामको भागलाई समेटेको छ । ३५९ किलोमिटरमध्ये सेती लोकमार्गको ८० किलोमिटर सडक अछामको साँफेबगर हुँदै बझाङ जाने यस सडकको निर्माण भइरहेको छ । अछाम खण्डको करिब ५० किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ भने ३० किलोमिटर ट्र्याक खोल्ने तयारी भइरहेको सेती लोकमार्गका इन्जिनियर केशवदत्त मिश्रले जानकारी दिनुभयो । 

त्यस्तै रहफ–भैरवस्थान–बेलखेत–कालीकोट हुँदै हुम्लाबाट चीनको नाका हिल्सा जोड्ने सडक खन्ने काम अघिल्लो वर्षबाटै सुरु भएको हो । कर्णाली नदीको तीरैतीरबाट हिल्सा जोड्नेछ । सो सडकको लागि चालु आर्थिक वर्षका लागि ६२ लाख रुपियाँ बजेट विनियोजित गरिएको छ । 

कच्ची तथा ग्राभेल नै भए पनि अछामका ९१ वटै वडामा सडक पहुँच पुगेको छ । प्रायः सबै  वडा कार्यालयमा सडक पु¥याइएको छ । तीनै तहका सरकारले सडक निर्माण र स्तरोन्नतिको कामलाई प्राथमिकतामै राखेका छन् । अछामबाट अन्य जिल्ला जोड्ने सात सडक, अन्तर पालिकाका १५ सडक र स्थानीय तहका ३० सडक रहेको सामाजिक विकास कार्यालयको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । 

कैलालीबाट चीनको सीमा ताक्लाकोट जोड्ने सेती लोकमार्ग, पूर्वपश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) सडक, चिसापानीबाट बडीमालिका र रहफ–हिल्सा जोड्ने सडकले अछामलाई ‘सडक हब’ का रूपमा लिन सकिन्छ । निर्माणाधीन सडक समयमै पूरा भएमा अछामबाट पूर्व, पश्चिम, उत्तर र दक्षिणका स्थानमा सहजै यात्रा गर्न सकिने अपेक्षा गरिएको छ । जसका लागि स्थानीय उत्पादन, कला, संस्कृति, भाषा, ज्ञान र विकाससँग सम्बन्धित क्रियाकलाप साटासाट गर्न सकिने छ । 

‘जलविद्युत्का लागि उर्वर’ 

अछाम र सुर्खेतको बीच भएर बग्ने कर्णाली नदीमा ४३९ मेगावाटको वेतान कर्णाली जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । कर्मचारी सञ्चय कोषको लगानीमा निर्माण गरिने यस आयोजना सञ्चालनका लागि अछामबाट पहुँच मार्ग निर्माण भएको छ । सुर्खेतबाट पनि पहुँच मार्ग र टनेल खन्ने, आयोजना स्थलको भवन निर्माण र जग्गाको मुआब्जा वितरण भइरहेको छ । 

“अब फिल्डबेसका काम अघि बढाउँदै छौँ, बाँकी रहेका मुआब्जा वितरण, पुल निर्माण काम गर्ने छौँ, सो आयोजनाका निमित्त प्रबन्ध निर्देशक उपेन्द्र न्यौपानेले भन्नुभयो । ७४ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उत्पादित विद्युत्ले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख आठ हजार वार्षिक आयको अनुमान गरेको छ । 


यता अछामकै साँफेबगर क्षेत्रमा २० मेगावाट क्षमताको बूढीगङ्गा जलविद्युत् आयोजना पनि निर्माण प्रक्रियामा रहेको छ । साँफेबगर नगरपालिका–१३, बुढाबगर (बाब्ला) र मेल्लेख गाउँपालिकाको कुसकोटमा बाँध र थापागाउँमा विद्युत् गृह निर्माण गरिने आयोजना निर्माण पक्षले जानकारी दिएको छ । 

जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणसँगै आयोजना स्थल पुग्न सडक, पुल र कार्यालय, आवास र क्याम्पका भवन निर्माण भइसकेको छ । “टनेल, ड्याम र पावर हाउस निर्माण कार्यका लागि ठेक्काको काम भइरहेको बूढीगङ्गा जलविद्युत् आयोजनाका सीडीई सरोज आचार्यको भनाइ छ । आउँदो वैशाख/जेठबाट निर्माणको काम तीव्रगतिमा हुने आचार्य बताउनुहुन्छ । 

निर्माण सुरुभएको चार वर्षभित्र सक्ने लक्ष्य राखिएको आयोजनामा १० अर्ब ३३ करोड रुपियाँ लागत अनुमान गरिएको छ । आयोजनाको अध्ययन गरी यसको निर्माण संयुक्त लगानीमा गर्न नेपाल सरकारले कुवेती फन्डसँग २०१२ र साउदी विकास कोषसँग २०१४ मा सम्झौता गरिसकेको छ । 

अछाम र दैलेखबीच बग्ने कर्णाली नदीमा निर्माण गरिने भनिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाले अधिकांश अछामकै भूमि ओगट्ने छ । निर्माणको जिम्मा पाएर लगानी जुटाउने प्रक्रियामा रहेको भारतीय जीएमआर कम्पनीले अछाम र दैलेखका केही बासिन्दाको मुआब्जा वितरण गरेको छ । आयोजनाको कार्यालय स्थापना, प्रभावित पार्ने अछाम र दैलेखका क्षेत्रमा रहेको रुख काट्ने काम भइरहेको छ । 

सन् २०१४ मा जीएमआरसँग पाँच वर्षमा आयोजना निर्माण गर्न परियोजना विकास सम्झौता भएको थियो । आयोजनाका लागि एक खर्ब १६ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । सरकारले २७ प्रतिशत सेयर पुँजी निःशुल्क पाउने र १२ प्रतिशत अर्थात् १०८ मेगावाट विद्युत् पनि निःशुल्क पाउने गरी सम्झौता भएको छ । तर आयोजना अनिश्चित बनेकोमा भने स्थानीय आक्रोशित छन् । 

जलविद्युत् आयोजनाले यस क्षेत्रको आर्थिक, पूर्वाधार र सामाजिक क्षेत्रको विकासमा सहयोगी बन्ने अनुमान स्थानीय अगुवाको छ । विद्युत्ले कलकारखाना स्थापनासँगै रोजगारी, उत्पादन व्यापार र सामाजिक परिवर्तन गर्नेमा स्थानीयको आशा छ । “धेरैको आयस्तर बढ्छ, रोजगार पाउँछन्, बिजुली सहजै पाइन्छ, त्यसको रोयल्टी स्थानीय सरकारले पनि पाउँछन्, सबैतिर विकास हुन्छ,”  तुर्माखाँद गाउँपालिका–५ का नरेशकुमार शाहीले भन्नुभयो । 

पर्यटन प्रवद्र्धनमा प्रचुर सम्भावना 

एतिहासिक एवं प्राकृतिक, धार्मिक, सांस्कृतिक र मेला पर्वले अछाम पर्यटक प्रवद्र्धनको ठूलो सम्भानायुक्त क्षेत्रभित्र पर्दछ । बाह्र बन्ड (ताल), अठार खण्ड (मैदान)को नामले चर्चित रामारोशन आकर्षकको मुख्य केन्द्र हो । विशाल घाँसे मैदान, आकाश पुग्नेजस्तै अग्ला पहाड, रङ्गीबिरङ्गी लालीगुराँस, हरियाली भइरहने जंगल र वन्यजन्तुको बासस्थलका रूपमा रहेको रामारोशन ।

कैलाश नदीको किनारैकिनार रामारोशनसम्मै सडक पहुँच छ । बूढीगङ्गा नदीको किनार छेउमा पवित्र वैद्यनाथ धाम रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गरी पर्यटन विकाससम्बन्धी गतिविधि सञ्चालन गरिरहेको समितिका कार्यकारी निर्देशक गङ्गाकुमारी कुँवर बुढाको भनाइ छ ।   

सुन्दर र आकर्षक पर्यटकीय गन्तव्य रामारोशन  

धार्मिक आस्थाका रुपमा रहेको वैद्यनाथमा बहादुर शाहका पालामा नेपाल एकीकरणका बेलामा प्रयोग भएका हातहतियारको अवलोकन गर्न पाइन्छ । हवाई सेवा रहेको साँफेबगरबाट पक्की सडकको केही मिनेटमै मोटरबाट वैद्यनाथ धाम पुग्न सकिन्छ । अछामसँगै जोडिएको खप्तड, अछाम, डोटी र सुर्खेतबीचको त्रिवेणी, मङ्गलसेनको चित्रे रमणीय ठाउँमा पर्दछन् । 

होरी, भुँवो, न्याउल्या, हुड्के, पुतलालगायत महिनैपिच्छे आउने धार्मिक तथा सांस्कृतिक पर्वले सर्वसाधारणलाई आकर्षित गरिरहन्छ । मङ्गलसेनको षोडशादेवी, सान्नीकोट, विनायक र दर्नाका पञ्चदेवल, तुर्माखाँदको तितौडा, ढकारीको जाल्पादेवी मन्दिर, चौरपाटीको चौखुट्टे क्षेत्र भाषा र साहित्यको इतिहासका लागि उत्तिकै प्रख्यात छन् । बाइसे, चौबिसे राज्यकालमा निर्माण गरिएका दरबार, किल्ला र गढीहरूको समेत अध्ययन तथा अवलोकन गर्न अछाम चर्चित छ । 

निःशुल्क स्वास्थ्य उपचार सेवा 

निःशुल्क स्वास्थ्य उपचार सेवाका लागि विशिष्ट पहिचान बनाएको अछाम बयलपाटा अस्पताल दुःखी, गरिब र असहायका लागि वरदान साबित हुँदै गएको छ । न्याय हेल्थ नामक गैरसरकारी संस्थाबाट सामुदायिक रूपमा सञ्चालन गरिएको यो अस्पतालबाट सबै किसिमको स्वास्थ्य परीक्षण, उपचार र औषधि निःशुल्क रूपमा हुन्छ । सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह र वैदेशिक सहायताबाट अस्पतालले नियमित सेवा दिइरहेको छ । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग, प्रयोगशाला, हड्डी, दाँत, मानसिक स्वास्थ्य र यूएसजी सेवा रहेका छन् । 

यस्तै गर्भवती तथा सुत्केरी, स्वास्थ्य बिमा, एम्बुलेन्स सेवा र सामुदायिक स्वास्थ्य सेवासमेत प्रदान गरिरहेको छ । २०६५ सालमा स्थापना भएको यस अस्पतालले गएको आर्थिक वर्षमा ५९ हजार ११४ जनाको उपचार गरेको छ । यस आर्थिक वर्षमा भने ६१ हजार ३०१ जनाको उपचार भएको अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशको नमुना वयलगणा अस्पताल, वयालपाटा । 

बयलपाटा अस्पतालको २२ करोड रुपियाँ बजेट रहेकोमा सुदूरपश्चिम सरकारसँगको लामो छलफलपछि यस आर्थिक वर्षमा नौ करोड रुपियाँ विनियोजन गरिएको छ । अस्पतालमा बजेट अभाव भएको भन्दै साँफेबगर नगरपालिकाले एक करोड, तुर्माखाँद गाउँपालिका सात लाख, मङ्गलसेन नगरपालिका र बान्नीगढी पाँच/पाँच लाख, बाजुराको त्रिवेणी नगरपालिकाले १५ लाख बजेट विनियजन गरेको छ । 

आर्थिक अभावका कारण अस्पतालबाट उपलब्ध हुने सेवाहरू प्रभावित हुनेमा स्थानीय अगुवा र अस्पताल प्रशासन बारम्बार झस्किने गरेका छन् । अछामसहित छिमेकी जिल्ला र कर्णाली प्रदेशबाट समेत उपचारका लागि आउने बिरामीलाई अस्पतालले सेवा दिन छोडेपछि हजारौँ बिरामी मर्कामा परेका छन् । दिगो रूपमा अस्पतालको सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशकै अस्पताल बनाएर लैजाने प्रक्रिया थालनी भएको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरको भनाइ छ । अस्पताललाई प्रदेशले आफ्नो मातहतमा लिएर आर्थिक सुनिश्चितता गर्नुपर्ने माग यहाँका अगुवाको छ । 

मङ्गलसेनस्थित जिल्ला अस्पतालसँगै बयलपाटा अस्पतालले सेवा दिन थालेपछि यस क्षेत्रका आर्थिक कमजोर भएका बिरामीलाई उपचार गर्नमा सहजता भएको छ । यी दुई अस्पतालमध्ये बिरामीले आफूलाई पायक पर्ने अस्पताल रोज्न सक्ने अवस्था भएको छ । जिल्ला अस्पतालले आधुनिक प्रविधिसँगै उपचार सेवा विस्तार गर्दै लिइरहेको छ । 

सामाजिक विकास र सशक्तीकरण

सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेर शिक्षा र सामाजिक विकासको क्षेत्रमा सामाजिक विकास कार्यालयले रचनात्मक काम गरिरहेको छ । स्थापनाको तीन वर्षको अवधिमा यस कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा विद्यालय भवन, सूचना, सञ्चार प्रविधि, सशक्तीकरण तथा सीप विकास, अनुदान अल्पकालीन सेवामा सहयोग, भाषा तथा संस्कृतिको क्षेत्रमा काम गरिरहेको छ । 

चालु आर्थिक वर्षका लागि सामाजिक विकास कार्यालयले १६ करोड रुपियाँ बजेट पाएको छ । जसमध्ये निर्माणका क्षेत्रमा १२ करोड २४ लाख रुपियाँ खर्च हुने कार्यालयका प्रमुख राधाकृष्ण जोशीले जानकारी दिनुभयो । बाँकी रहेको तीन करोड ८६ लाख तालिम, सामाजिक विकासलगायत चालु बजेट रहेको बताइएको छ । 

अछामका विद्यालयमा भवन, घेरापर्खाल, खेल मैदान, मन्दिर र मर्मतका ९६ योजना रहेका छन् । दलित, महिला, अपाङ्गतालाई क्षमता तथा सीप विकास तालिम, लोकसेवा कक्षा,  विशेष अनुदान तथा सहयोग ज्येष्ठ नागरिक दिवा सेवालगायतका कार्यक्रम सञ्चालन भइरहेको कार्यालयका प्रमुख जोशीले जानकारी दिनुभयो । “निर्माण, सीप, चेतना विकास र सहयोगमा क्षेत्रमा प्रदेश सरकारको प्रतिनिधिका रूपमा यस कार्यालयले सरोकारवालासँगको समन्वयमा काम भइरहेको छ, उहाँले भन्नुभयो, “योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन प्राविधिकसँगै अनुगमनको काम भइरहेको छ ।” 

छाउपडी कुसंस्कार भत्किँदै 

छाउपडीको जिल्ला भनेर चिनिएको अछाम पछिल्लो समय परिवर्तनको बाटोतिर लम्केको छ । छ हजारभन्दा बढी छाउगोठ भत्काइएपछि महिनावारी भएका महिला तथा किशोरी सुरक्षित रूपमा बस्न थालेका छन् । 

छाउगोठ भत्काएसँगै स्थानीय तहको निगरानी र सकारात्मक विभेद, छाउपडीसम्बन्धी कानुन लागू हुनु र जनचेतनामूलक अभियानले छाउगोठ त्याग्नेको सङ्ख्या क्रमशः बढ्दै गएको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलको भनाइ छ । गाउँबस्तीमा घरैपिच्छे देखिने छाउगोठहरू भत्किएपछि समस्या कम हुँदै गएको छ । महिनावारीका बेलामा असुरक्षित ढङ्गले गोठमा बस्दा आइपर्ने विभिन्न समस्या र यसबाट बच्ने उपायसम्बन्धी सन्देश हरेक व्यक्तिसम्म पुग्न थालेको छ । अछाममा १० वर्षको अवधिमा १४ जना किशोरी तथा महिलाको छाउगोठमा बसेकै कारण मृत्यु भएको बताइन्छ । 

छाउपडी गोठ भत्काउदै सुरक्षाकर्मी । 

जातीय छुवाछूतको अवस्थाले पनि कोल्टे फेर्न थालेको छ । कथित माथिल्लो जातिले तल्लो जातिलाई छुवाछूतजन्य विभेद पुस्तान्तरणसँगै अन्त्यको बाटोतिर पुगेको छ । सार्वजनिक खानेपानीको धारा, सार्वजनिक स्थान, मेला र पर्वमा हिजोको जस्तो विभेद नरहेको दलित अभियन्ताहरू बताउँछन् । 

धामीझाँक्री, बोक्सी, बालविवाह, अन्धविश्वास, कुरीति र परम्परागत अन्धो संस्कार क्रमशः हट्दै गएको बताइन्छ तर जति छिटो कुसंस्कारको अन्त्य हुनुपर्ने हो त्यही गतिमा नगएको अनुभव पाका व्यक्तिहरूको छ । महिला, अपाङ्ग, दलितलगायत विभिन्न जातजातिमाथिको विभेद अन्त्य गर्नका लागि जनचेतना र जागरण तथा सशक्तीकरण अनिवार्य भएको नेपाली कांग्रेस अछामका नेता अर्जुन ताम्राकार बताउनुहुन्छ । 

सिँचाइ तथा तटबन्धनमा धेरै योजना

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि अछाममा ३८१ योजनामा बजेट विनियोजन गरेको छ । जसमध्ये १८१ तटबन्धन र दुई सय सिँचाइका योजना रहेका छन् । ३८१ योजनाका लागि ६६ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ । उक्त योजनाहरूमध्येमा ७० प्रतिशत भौतिक प्रगति भएर करिब २४ करोड रकम खर्च भइसकेको सिँचाइ डिभिजन कार्यालय, अछामका सब–इन्जिनियर लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । २०७४ सालमा स्थापना गरिएको सो कार्यालयले हालसम्म ५२ दशमलव ५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको बताइएको छ । 


विभिन्न नदी, खुला खोल्सा र गाडहरूका कारण खेतीयोग्य जमिन कटान, बस्ती असुरक्षित हुन थालेपछि तटबन्धका लागि बजेट आउन थालेको हो । त्यस्तै अन्नपात उत्पादनका लागि उर्वरभूमि सिँचाइ गर्न कुलो तथा नहर निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । 

आफ्नै बारीमा बिउ उत्पादन 

मकै, धान र गहुँको बिउ उत्पादनमा यहाँका कृषकहरू सक्रिय बन्दै गएका छन् । मकै १९० क्विन्टल, धान ४० र गहुँ २५ क्विन्टल बिउ उत्पादन गरेर कृषकहरूले बिक्री गरेको बताइएको छ । मङ्गलसेनको जनालीबण्डाली, कमलबजारको वीरपथ, मेल्लेखको ऋषिदह क्षेत्रमा मकै र साँफेबगरको वैद्यनाथ, जल्पादेवी क्षेत्रमा धान र गहुँको बिउ उत्पादन क्षेत्र रहेको कृषि डिभिजन कार्यालय अछामका प्रमुख छपिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

सुदूरपश्चिमका विभिन्न जिल्लामध्ये अछाम मकैको बिउ उत्पादनमा पहिलो जिल्ला भएको दाबी शर्माको छ । ३० क्विन्टल किवी जिल्लाबाहिर निर्यात भएको छ । यस जिल्लामा बर्खे आलु, हिउँदे आलु, सुन्तला, मह, च्याउ, गेडागुडी र तरकारीका लागि राम्रो छ  


घरबस्तीमा गाडी, गाउँगाउँमा बजार

स्थानीय तहको गठनसँगै अछामका गाउँबस्तीमा बजारीकरण हुन थालेको छ । सदरमुकाम मङ्गलसेन र साँफेबगरमा मात्र बजार क्षेत्र रहेकोमा पछिल्लो समय गाउँका केन्द्रमा बजार विस्तारित हुन थालेका छन् । सदरमुकाममा मात्र पाइने सेवा वस्तु र सामग्री गाउँमै पाइन थालेका छन् । गाउँमै सम्भावना देखेर आफूले एक करोड ५० लाख लगानीमा सुविधायुक्त होटल खोलेर सेवा दिइरहेको तुर्माखाँद गाउँपालिकाका प्रेमबहादुर बुढाको भनाइ छ । कमलबजार, ढकारी, रामारोशन, चौरपाटी गाउँपालिका केन्द्रहरूमा समेत बजार विस्तार तीव्रतासाथ भइरहेका छन् । गाउँका केन्द्रहरूमा ठूला आधुनिक सामग्री प्रयोग गरेर भवन निर्माणको काम बढेको छ । 

घरबस्तीमा सवारीसाधन पुगेसँगै गाउँमै स्थानीय बजार तथा सहर विस्तार हुन थालेको हो । गाउँमै बजार, मेडिकल, तरकारी बजार, सिलाइबुनाइ पसल, मासु पसल खुल्न बन्न थालेसँगै आर्थिक कारोबारमा समेत उकालो लाग्न थालेको उद्योग वाणिज्य सङ्घ अछामले जनाएको छ । अछाम जिल्ला नेपालको मातृभाषा र देउडा गीत तथा भाकाका लागि प्रख्यात छ । 

लड्की हिँड्नु बयालपाटा फर्की हेर्नु साँफ्या ।

मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफ्या ।।