• ६ जेठ २०८१, आइतबार

महानगरपालिकाको दायित्व

blog

नेपालले २०७२ साल असोज ३ गते नेपालकै इतिहासमा पहिलो पटक जनताको प्रतिनिधिबाट निर्वाचित संविधान सभाबाट नेपालको संविधान पाएको छ । यो संविधानले सङ्घीय लोकतान्त्रिक, समावेशी र समानुपातिक लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको छ । गणतन्त्र स्थापनापछि दोस्रो पटकको स्थानीय तहको निर्वाचन गरी जनप्रतिनिधिको निर्वाचन भइसक्योे । सङ्घ, प्रदेशको र स्थानीय तहको व्यवस्थाले स्थानीय एकाइलाई प्रशासनिक जिम्मेवारी बहन गर्नुपर्ने दायित्व आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुराताìिवक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगरको आफ्नै विशेषता छ । महानगरको जिम्मेवारी भनेको शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलमैदान, बसपार्क, खेतीयोग्य जमिनको बचाउ, सडक विस्तार, सुरक्षा, जङ्गल, ताल वा पोखरी, सामुदायिक भवन, बजार अनुगमन, स्मार्टसिटीको पूर्वाधार तयार गर्नुुजस्ता विभिन्न किसिमका विकासका काम आउँछ । अझ दिगो विकासका लागि दक्ष जनशक्ति निर्माण गर्ने, रोजगारीको सुअवसर, जीवनको गुणस्तरको बढाउन भौतिक तथा मानवीय विकासका पूर्वाधारको स्थानीय तहमै अभिवृद्धि गर्ने जिम्मेवारी महानगरको हो । नेपालको एक मात्र आम्दानीको स्रोत नै पर्यटन क्षेत्र भएकोले यसका लागि पनि आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने दायित्व पनि महानगरमा आउँछ ।

सांस्कृतिक सम्पदाको संरक्षण

कुनै पनि राष्ट्रको सांस्कृतिक सम्पदा भनेको त्यस देशका मानिसले आफ्नो जीवनदर्शन र मनोभावलाई मूल्याङ्कन गरी त्यसलाई मौलिक रूपमा परिकल्पना गरी निर्माण गरिएको विद्यमान मन्दिर, चैत्य, देवालय, पाटी पौवा ढुङ्गेधारा हुन् । यसमा आफ्नो देशको भौगोलिक, भौतिक र धार्मिक वातावरणले प्रभावित गरेको हुन्छ । नेपालका काठमाडौँ उपत्यका भौगोलिक दृष्टिकोणले सानो भए पनि सांस्कृतिक दृष्टिकोणले यहाँका सहर गौरवमय छ । यसैले समय समयमा नेपाल यात्रा गर्ने पहिलेदेखि नै युआन यान च्वांग, सिल्भान लेवी, पर्सिव्राउन, पर्सिभल ल्यान्डन, प्रो.टुचीले र ब्राउन मोर्टनजस्ताले प्रशंसा गरेको पाइन्छ । यहाँ तीनै किसिमका स्थापत्यकला, चित्रकला र मूर्तिकलामा प्रसिद्ध छन् । 

नेपालमा विकासको बढ्दो गतिको कारणले गर्दा आज परम्परागत संस्कृतिलाई विलुप्त हुने खतरा आइपरेको छ । मुलुकमा आधुनिकीरणको अनवरत प्रयासले पनि सांस्कृतिक सम्पदाको संंरक्षणमा समस्या उब्जेको छ । यी सांस्कृतिक सम्पदाका स्मारक निकै पुराना भइसकेको र धेरैजसो सम्भार नपुगेर काठ, इँटा, र झिगटीले बनाएका मन्दिर चैत्य र पाटी पौवा र छाना वर्षायाममा पानी चुहिएर, मकिएर, किराले खाएर र प्राकृतिक प्रकोपजस्तो भुँइचालोले निकै क्षति पु¥याएको छ । यसैले यसको संरक्षणका लागि सकारात्मक चिन्तन गर्ने दायित्व सरकार र आमजनताको हुन गएको छ । वि.सं. २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पले काठमाडौँ उपत्यकाका अधिकांश सम्पदा र बस्ती क्षति हुन गयो । देशको सांस्कृतिक सम्पदाको संरक्षणका लागि काठमाडौँ महानगरको प्रयासले अधिकांश महाभूकम्पले क्षति पु¥याएका मठमन्दिरहरू स्मारकको जीर्णोद्धार गरिसकेका छन् तर पनि कतिपय स्थानमा महानगरको ध्यान पुग्न सकेको छैन । 

नेपालमा भइरहेको सांस्कृतिक सम्पदा सरंक्षणका गतिविधि जम्मै विदेशी सहायतामा मात्र निर्भर रहेकोमा हाल यसका लागि छुटै व्यवस्थापन गरेको छ । नेपालका प्राचीन स्मारकको संरक्षण ऐन २०१३ ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातìव विभागअन्तर्गत स्थानीय स्वायत्त शासन ऐन २०५५ ले गाउँ विकास समिति र नगरपालिकालाई दिएको छ । नेपाल भरका गाउँका वडा समितिले त्यस वडाभित्रका पाटी, पौवा, धर्मशाला, मन्दिर मस्जिद, गुम्बा, देवस्थल, पोखरी, तलाउ, इनार, कुवा, धारा आदि र सार्वजनिक महìवका धार्मिक तथा सांस्कृतिक स्थलको लगत राख्ने काम र संरक्षण गर्न काम स्थानीय निकायले सहयोग गर्नु पर्नेछ । 

हाल काठमाडौँका नगरपालिका आफ्नो क्षेत्रभित्रका सांस्कृतिक तथा धार्मिक महìवका स्थानहको लगत तयार गरी तिनीहरूको मर्मत सम्भार गरी संरक्षण र संवद्र्धन गर्ने गराउने र नगरपालिका क्षेत्रभित्रका पुरातात्त्विक वस्तु भाषा, धर्म कला र संस्कृतिको संरक्षण, संवद्र्धन एवं प्रयोग गर्ने गराउने दायित्व छ । यसमा पनि काठमाडौँ महानगर नेपालको राजधानी सहर मात्र नभएर धार्मिक सांस्कृतिक तथा व्यावसायिक केन्द्रसमेत भएकोले यसलाई सिङ्गो नेपालको नमुना स्मार्टसिटी नगरको रूपमा विकास गर्ने उद्देश्य लिएको छ । नेपालमा मनाइने प्राचीन गौरवपूर्ण सांस्कृतिक धार्मिक चाडपर्व, जात्रा गुठीगण, समारोहको संरक्षण तथा संवद्र्धन गर्नका लागि महानगर सक्रिय भई विभिन्न आर्थिक सहयोग गर्दै आएको पनि छ । काठमाडौँको पुरातात्त्विक महत्त्वलाई जीवन्त राख्न मन्दिर तथा स्थल मर्मत, सम्भार र जिर्णोद्धार गर्दै लगेको छ ।

सुधारात्मक कार्यको दायित्व

महानगरबाट गर्नुपर्ने विविध सुधारात्मक कार्यमा विशेषत नेपाल विश्वको पर्यटन केन्द्रस्थल भएकाले काठमाडौँ सहरलाई सभ्य र सुसंस्कृतिपूर्ण बनाउनु पर्छ । यसकारण यहाँका पर्यटकीय स्थानलाई सरसफाइ, शौचालयको व्यवस्था गरिदिनु आवश्यक छ । पर्यटकलाई आकर्षक सूचना प्रविधिको विकास गर्नु जरुरी छ । काठमाडौँमा सधैँ भइरहने सवारीसाधनको जामलाई व्यवस्थापन गर्नका लागि उपाय खोज्नु पर्छ । राजधानीकै मुख्य सडकमा भइरहने हिलाम्य र धुलाम्य सडकलाई आवश्यक ढलको व्यवस्था गर्नु जरुरी छ । बढ्दो सहरीकरण, अनधिकृत घर निर्माण, सांस्कृतिक र ऐतिहासिक भूमि, जग्गा, जमिन हड्प्ने, फुटपाठ कब्जा गर्नेजस्ता कामले नगरपालिकालाई टाउको दुःखाइको काम भएको छ । यस्तै स्वच्छ खानेपानीको व्यवस्थाको कसरी गर्ने हो भन्ने पनि चुनौतीको विषय बनेको छ तर हाल सडकै च्यापेर फुटपाथ पसललाई हटाउनु, जथाभावी पार्किंङ हटाएपछि सर्वसाधारण बटुवा र पर्यटकलाई सुविस्ताका साथ हिँडडुल गर्न सजिलो महसुस भएको छ । काठमाडौँको नदी किनार विभिन्न स्थानमा सुकुम्बासीको नाममा जथाभावी टहरा, घर बनाउने कार्य भएकोमा महानगरले हटाउने अभियानले महानगरको शोभा बढेको छ तर पनि महानगरपालिकाले फोहोर व्यवस्थापनमा जिम्मेवारीपूर्ण तवरले दायित्व निभाउन सकेको छैन ।

सबै नेपालीले आफ्नो देशको सांस्कृतिक सम्पत्तिको मूल्य, मान्यता र महìव बुझाउने भाषा, धर्म, नैतिक शिक्षा आदि जनशिक्षा दिने कुनै ठोस उपाय लिन सकेमा त्यो सम्भवतः एउटा सफल र प्रभावकारी कदम साबित हुने आशा लिन सकिन्छ । यसबाट आफ्नो देशको सांस्कृतिक सम्पदा, चाड पर्व, जात्रा, भेषभूषा र प्रतिष्ठित व्यक्तिको ज्ञान हुनेछ । यसका लागि महानगरले चालिएका विभिन्न कदममध्ये कक्षा १ देखि ८ सम्म नेपालभाषाको पठनपाठन गर्दै आएको छ । 

काठमाडौँ उपत्यका प्रकृति र मानव निर्मित सम्पदाको उच्चतम स्थान छ । कानुन मिच्नेले गर्दा विभिन्न पुरातात्त्विक महत्वका स्थल र विश्वसम्पदाका क्षेत्र हस्तक्षेप गरी निजी स्वार्थमा उपभोग गर्ने गरेका छन् । अनैतिक कार्यले सांस्कृतिक सम्पदा मासिन पुगेको छ । कतिपय मन्दिर, विहार, वही र पाटी पौवा, पोखरी समन्वयको अभावमा जीर्णोद्धार गर्न सकिएको छैन । यसका लागि महानगरले समन्वय र अवलोकन गरी जीर्णोद्धारको पहल गरिदिएमा महानगरको काम सराहनीय हुनेछ । बढ्दो सहरीकरणले गर्दा काठमाडौँ सहर कुरूप बन्दै गएको छ । वातावरण विनाशतिर धकेल्दै छ । अब काठमाडौँ उपत्यका गाउँलेको सहर बन्दै छ । बढ्दो जनघनत्वले सहरमा जालझेल, बेइमानी, तथा शोषण, मिसावटी, अनैतिक कामको प्रदूषण बढ्दै गएको छ । यस्तो अवस्थामा देशको संस्कृति, सभ्यता र प्रदूषण जोगाउनका लागि महानगरको मात्र उत्तरदायित्व नठानी प्रत्येक टोल टोलका मानिसलाई आआफ्नो सांस्कृतिक माहोललाई सुरक्षित र जीवित राख्न सचेत तुल्याउने वातावरण तयार पार्न सरकारी, गैरसरकारी तथा समाजसेवी सङ्घ संस्था एकजुट भई काम गर्नु पनि उत्तिकै जिम्मेवारी आएको छ । सबैले यसमा अग्रसरता देखाएमा मात्र नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन हुनेछ । राजधानीलाई बसोबास र भौतिक सुखसुविधाको थलो मात्र नथानी सुविधायुक्त, स्वच्छ, सुन्दर र प्रदूषणमुक्त समेत बनाउनु जरुरी छ । तब मात्र यो काठमाडौँ महानगर विश्वकै उत्कृष्ट सहर बन्न सक्छ ।

लेखक सहप्राध्यापक हुनुहुन्छ ।   

Author

मुनीन्द्ररत्न वज्राचार्य