• २७ वैशाख २०८२, शनिबार

काठमाडौं महानगर प्रमुख साहविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

blog

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह ।

काठमाडौं, वैशाख ५ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

महानगर प्रमुख साहविरुद्धको मुद्दा सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको छ ।

महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार सर्वोच्चमा रिट परेको थियो । 

अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ । साथै  तत्काल फोहोर सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्ने लगायतका माग अधिवक्ता श्रेष्ठको छ ।