• ८ पुस २०८१, सोमबार

प्रतिनिधि सभा नियमावलीको मस्यौदा प्रतिवेदन पारित गरिँदै

blog

काठमाडौँ,  चैत १९ गते । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले उक्त मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

उक्त नियमावली मस्यौदा समितिको प्रतिवेदन दफावार छलफलपछि पारित गरिनेछ । रासस