नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, चैत १९ गते । कोहलपुर नगरपालिकाद्वारा विभिन्न विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्नका लागि खरिद गरिएको सेनेटरी प्याड गुणस्तरहीन भएको पाइएको छ। उक्त प्याड परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको छ।
प्याड खरिद गरेर वितरण गर्ने तयारी भइरहेका बेला विद्यालयका शिक्षकले गुणस्तरहीन भएको जानकारी गराइएकाले परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएको हो।
नगरपालिकाका जिन्सी शाखा प्रमुख हरि वलीले जस्मिन हाइजिन नामक सप्लायर्स कम्पनीमार्फत २७ लाख रुपियाँ बराबरको सेनेटरी प्याड खरिद गरिएको जानकारी दिनुभयो।