• २१ असार २०८१, शुक्रबार

पाल्पामा वैशाख १४ देखि व्यापार महोत्सव हुने

blog

रेखीराम राना

पाल्पा, चैत १८ गते । पाल्पामा आगामी २०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म व्यापार महोत्सव हुनेभएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा पाल्पा व्यापार महोत्सव हुने भएको हो । 

विगतका वर्षहरूमा तानसेनको टुँडिखेलमा हुँदैआएको महोत्सव यो वर्ष तानसेनको बाँसटारीमा हुन लागेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । जिल्लाको आन्तरिक उत्पादन हुने कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले बताउनुभयो । 

यस्तै, पाल्पाको लोपोन्मुख कला संस्कृतिको संरक्षण, कोरोना तथा अन्य कारणले ठप्पजस्तै रहेको व्यापार व्यवसायमा चहलपहल ल्याउन पनि महोत्सवले सहयोग गर्ने प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो ।

यसपटक विगतभन्दा फरक स्थानमा मेला गर्न लागिएकाले यसबाट ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने संयोजक घिमिरेले बताउनुभयो ।

मेलाबाट नाफा भएको रकम जिल्लाको पर्यटन विकास गर्न र सङ्घको गोर्खेकोटमा बनेको भवन निर्माण खर्च गर्ने लक्ष्य सङ्घले राखेको छ ।