• १३ वैशाख २०८१, बिहिबार

कृषि उत्पादनको निःशुल्क ढुवानी

blog

गणेश खनाल

अर्घाखाँची, चैत १७ गते । यहाँको छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु-याउन निःशुल्क ढुवानीको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाभर पायक पर्ने तीन स्थानबाट रुट मिलाई निःशुल्क बुटवल बजारसम्म पु-याउने भएको हो । 

किसानले उत्पादन गरेको गुन्द्रुक, तितौरा, चुक, तरकारीलगायत कृषि तथा खाद्य वस्तु बुटवलमा बिक्री हुँदै आएको छ । किसानले आफ्नो उत्पादन एक्लाएक्लै बजारसम्म लैजाँदा ढुवानी लागत बढी पर्ने भएकाले महँगो हुने गरेको छ । 

किसानले उत्पादन गरेको तरकारी आगामी वैशाख पहिलो हप्तादेखि बजारसम्म पु-याउने गरी सबै प्रक्रिया पूरा गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो । 

व्यावसायिक किसानको उत्पादन बिक्री वितरणमा सहज होस् भन्ने हिसाबले कार्यक्रममै समेटर अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।