• ७ वैशाख २०८१, शुक्रबार

अब अर्को कक्षा (कविता)

blog

वर्षभरि किताब पढेँ

होमवर्क गरें, नट बनाएँ ।


नजानेका प्रश्न सोधें

दिनैपिच्छे पाठ बुझाएँ ।


सबै विषय मन पराएँ

पढदै जाँदा धेरै बुझेँ ।


अब परीक्षा अन्तिम आयो

मेरो मन खुसी भयो ।


तयारी छ मेरो राम्रो

परीक्षामा लेख्छु राम्रो ।


पास हुन्छु, कक्षा चढ्छु

रमाइ रमाइ लेख्छु, पढ्छु ।