• ११ वैशाख २०८१, मङ्गलबार

पुतली (कविता)

blog

आहा कति राम्रो पुतली

जहिल्यै उड्छ मेरै वरिपरि

घाम होस् वा झरी 

घुम्छ दिनैभरि ।।


यता पनि फुरफुर

उता पनि फुरफुर

चारैतिर रमाएर

गर्छ छुनमुन । 


पुतलीको राम्रो छ 

धेरै थरी रङ

साथीसँग रमाएर गर्छ

छमछम ।।