• १५ वैशाख २०८१, शनिबार

ऋतु (कविता)

blog

छ भाइ ऋतुको नाम सम्झ

शरद्पछि आउँछ हेमन्त ।


वसन्त ऋतु जब तिमी आउँछौ  

आँकुरा मुना पालुवा पलाउँछौ ।   

तराईमा अति गर्मी बढाउँछौ 

हे ग्रीष्म ऋतु जब तिमी छाउँछौ ।


वर्षा तिमी ग्रीष्मलाई पछ्याउँछौ 

झरीमा खेली हामी रमाउँछौँ । 

शरद नाम जब आउँछ साथ  

रङ्गीबिरङ्गी चङ्गा समाउँछ हात ।


हेमन्त ऋतु किन तिमी आयौ 

सबैको माझ जाडो बढायौ । 

वसन्त तिम्रो फेरि याद आउँछ  

शिशिरले जब सब पात झराउँछ ।