• १२ वैशाख २०८१, बुधबार

नेपाली हुँ वीर (कविता)

blog

नेपाल हो घर मेरो हिमाल हो शिर,

देशको सान बढाउने नेपाली हुँ वीर ।


हेर साथी आकाशमा बादलको घेरा,

बादलभित्र झिलिमिली चन्द्रमाको डेरा ।


चन्द्र र सूर्य झन्डा हामी नेपालीको सान,

घामजस्तै झलमल्ल बुद्धि दिन्छन् ज्ञान ।


मेरा साना आँखाले मेरा साना हातले, 

नेपाल देखेँ सुन्दर हिमाल लेख्न थालेँ ।


म त मेरो नेपालकै पुग्छु डाँडापाखा,

जति हे¥यो हेरुँ लाग्छ, अघाउँदैनन् आँखा  ।


गोरखालीले लडे स्वाभिमानको लडाइँ,

नेपाललाई चिनाउने हिमाल, पहाड, तराई ।


देशको सान बढाउने नेपाली हुँ वीर,

हेर साथी, आकाशमा बादलको घेरा ।