• ११ वैशाख २०८१, मङ्गलबार

कुकुर (कविता)

blog

हाम्रो घरको पाले यो

साहै्र राम्रो खाले यो

भुक्छ अरू सबैलाई

नचिनेको मान्छेलाई  ।।१।।                          


छिर्केमिर्के रङले

छोपेको छ भुवाले

किनी ल्याउनुभएको

हिजो हाम्रो बुवाले  ।।२।।


भुक भुक गरी भुकेर 

हाम्रो कुकुर करायो

यसको आवाज सुनेर

चोर पनि डरायो  ।।३।।


जब कुकुर करायो

चोर पनि भगायो

घर हाम्रो सुरक्षित

सधैँभरि बनायो  ।।४।।


एउटा कुरा भन्दैछु

सुन मेरा साथी हो

तिमी हामी सबैले

कुकुर पाल्नु जाति हो  ।।५।।