• २६ वैशाख २०८२, शुक्रबार

सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार अन्तिम रूप दिन्छौँ : नेता लेखक

blog

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । फाइल तस्बिर

काठमाडौं, चैत १५ गते। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप पाउने बताउनुभएको छ। 

बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार (भोलि)सम्ममा अन्तिम रूप प्राप्त गर्ने बताउनुभयो।उहाँले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेता समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिनुभयो। आज ५ बजेसम्ममा कुनै संशोधन आएमा आवश्यक संशोधन गरेर भोलिसम्ममा तयार पारिने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘‘न्यूनतम कार्यक्रम बनिराखेको छ। साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ। हामीले ड्राफ्ट गरिसकेका छौँ। त्यो ड्राफ्ट प्रस्तुत भएको छ। सरकारसँग जोडिएका दलका नेताका बीचमा। आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो। भोलि सम्ममा साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप प्राप्त गर्छ।’’

उहाँले मन्त्रीको शपथ पनि चाँडै हुने प्रतिक्रिया दिनुभयो।