• ७ वैशाख २०८१, शुक्रबार

सेतो मच्छिन्द्रनाथ रथ निर्माण

blog

काठमाडौँ, चैत १३ गते ।  सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडी सुरु भएको छ । आउँदो बुधबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।

केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक,  बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याइ पुर्‍याई रथमा विराजमान गराइ सके पछि रथयात्रा सुरु हुने गर्छ । जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगन सम्म पुर्‍याइन्छ ।


 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।