• ८ वैशाख २०८१, शनिबार

नेपाल चलचित्र कलाकार सङ्घको नेतृत्वका लागि मतदान

blog

नेपाल चलचित्र कलाकार सङ्घको चुनावमा बनेको रेजिना उप्रेती र मोहन निरौलाको प्यानल ।

काठमाडौं, चैत ४ गते। नेपाल चलचित्र कलाकार सङ्घको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ। शनिबार सङ्घको नेतृत्वका लागि मतदान सुरु भएको हो। 

नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ। मतदानका लागि आज अभिनेत्री रेखा थापा, सञ्चिता लुइँटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो। 

उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (वैरागी) र सरिता गिरीको उम्मेदवारी छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी छ। 

त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उहाँको प्यानलबाट उम्मेदवार हुनुहुन्छ। त्यस्तै सदस्य पदमा उहाँको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी छ। 

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल हुनुहुन्छ भने महासचिवमा सविन श्रेष्ठ हुनुहुन्छ। सचिवमा रामेश्वर बुर्लाकोटी रहनुभएको छ। त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य हुनुहुन्छ। सहकोषाध्यक्षमा उम्मेदवारी दिनुभएकी आचार्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ। 

सदस्यमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जङ्गम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा हुनुहुन्छ।