• १३ मंसिर २०८१, बिहिबार

आफन्तबाटै असुरक्षित

blog

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, चैत ३ गते । गत कात्तिक २ गते अर्घाखाँची, भूमिकास्थान नगरपालिका–१, साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको आफ्नै दाजु ७६ वर्षीय हिमबहादुर गमालले घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे । भीरबाट लडेर भाइको मृत्यु भएको खबर फैलिएसँगै प्रहरीले अनुसन्धानका लागि दाइ हिमबहादुरलाई पक्राउ गरेका हुन् । 

उक्त अनुसन्धान गर्दै जाँदा निजका आफ्नै दाजु हिमबहादुरले धकेलेर भाइ वीरबहादुरको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । गत मङ्सिर २४ गते राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदीका तुमचौर बस्ने लक्ष्मी नेपालीले आफ्नै पति बलबहादुर सार्कीबाट ज्यान गुमाउनुप-यो । बलबहादुर आफैँले झुन्डिएर मरेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेका प्रहरीले शङ्का लागि अनुसन्धान गर्दै जाँदा पत्नी लक्ष्मीलाई पटुकाले घाँटीमा पासो लगाई कर्तव्य गरी मारेको प्रहरीसमक्ष स्वीकार गरेका हुन् । 

गएको असोज ७ गते बेलुका शीतगङ्गा नगरपालिका–३ बस्ने ५४ वर्षीय पीताम्बर भुसालले पत्नी ५० वर्षीया मनकला भुसाललाई लोहोरोले टाउकोमा हानी हत्या गरे । मृतकका पति पीताम्बरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा पत्नीको हत्या गरेको रहस्य बाहिर आएको हो । पोखराथोक साथीको घर आउनुभएका विष्णुबहादुर पाण्डेले साथीकै आक्रमणबाट मृत्युवरण गर्न पुगे । गाडी किनेको पैसा लिन भनी साथीको घर अर्घाखाँचीको पोखराथोक आउनुभएका पाण्डेको रुपन्देहीको बुटवलमा गाडीको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दीपक)ले हत्या गरी जङ्गलमा लगेर फालेका थिए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो सयम हत्याजन्य अपराधका घटना बढ्दै गएका छन् । यो छ महिनामा छ जनाको हत्या भएको छ । जसमा चार जनाको हत्या घटनामा संलग्न अभियुक्त आफन्तै भएको प्रहरीको भनाइ छ ।