• १३ साउन २०८१, आइतबार

गुल्मी शिक्षक संघको नयाँ नेतृत्व सर्वसम्मत

blog

नेपाल शिक्षक संघका निर्वाचित पदाधिकारी ।

रमेश विश्वकर्मा 

गुल्मी, फागुन २७ गते। गुल्मीमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको शिक्षक संघ जिल्ला कार्यसमितिको नवौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो। 

नवौं जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघको अध्यक्षमा खिमबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। जसको उपाध्यक्ष महिला तिलका घिमिरे र उपाध्यक्ष रामहरि पाण्डे रहनुभएको छ। 

सचिव खिमबहादुर कुँवर, सचिव अर्थ मनबहादुर खत्री, सहसचिव रामप्रसाद आचार्य, सहसचिव महिला भगवती पाण्डे, सहसचिव अर्थ महिला विष्णुमाया पोख्रेल, सहसचिव समावेशी भुमबहादुर घर्ती मगर र रामबहादुर नेपाली रहनुभएको छ। सदस्यमा पार्वती केसी, सुमित्रा भण्डारी, लोकेश गिरी, दिलिपकुमार थापा, जीवन मरासिनी, लक्ष्मण पाण्डे, रामचन्द्र सापकोटा रहनुभएको छ। 

अधिवेशनले सात जना प्रदेश प्रतिनिधि र सात जना संघीय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको निर्वाचन समिति संयोजक युवराज ज्ञवालीले जानकारी दिनुभयो। 

अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले नेपाल शिक्षक संघ नेपाली कांग्रेसको अभिन्न अङ्ग भएको बताउनुभयो। 

उक्त अवसरमा कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शिक्षकले पेशालाई मर्यादित बनाएर शिक्षालाई गुणस्तरीय एवम् फराकिलो बनाएर लाग्न आग्रह गर्नुभयो।