• २८ वैशाख २०८२, आइतबार

तीन पत्रकारलाई साधना सम्मान

blog

सम्मान लिनुहुँदै गोरखापत्रकर्मी कविता थापा ।

काठमाडौं, फागुन २४ गते। तीन जना पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरिएको छ। ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना पत्रकार महिलालाई सम्मान गरेको हो। 

गोरखापत्रका फोटो पत्रकार कविता थापा, थाहा एफएमका सञ्चुकुमारी लामा र नेपाल टेलिभिजनका अञ्जना शिल्पकारलाई सम्मान गरिएको हो। 

नेपालका पहिलो पत्रकार साधना प्रधानको नाममा स्थापना गरिएको पुरस्कार पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई प्रदान गरिएको  कार्यक्रम संयोजक रचना श्रेष्ठले जानकारी दिनुभयो।

सो अवसरमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी (आस्था) शाक्यले पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति महिलाको उपस्थितिको लागि महानगरपालिकाले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा साहित्यकार सुलोचना मानन्धरले नेपालका पहिलो महिला पत्रकार साधना प्रधान अधिकारीको संघर्षपूर्ण जीवनगाथा, सामाजिक परिवर्तनप्रति अटुट प्रयासको विषयमा केन्द्रित रहेर भनाइ राख्नुभयो। 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष गजुरधन राईले सञ्चारमाध्यममा आदिवासी जनजाति महिलाको पहुँच, समाचारमा लैङ्गिक सवाललाई उठाउन फोनिजले काम गर्दै आएको बताउनुभयो।