• २१ पुस २०८१, आइतबार

अस्पतालमा बिरामीको चाप

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन २४ गते । सर्लाहीमा केही दिनदेखि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तन भई गर्मी बढ्दै जाँदा जिल्लाभरका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको हो । 

प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवलकिशोर झाले रुघा लाग्ने, टाउको र घाँटी दुख्ने तथा ज्वरोका बिरामी बढेको बताउनुभयो । यस्ता लक्षण भएका बिरामीले चिकित्सकको सल्लाहमा औषधोपचार गराए केही दिनमै निको हुने भएकाले नआत्तिन डा. झाको आग्रह छ । 

उहाँले रोग प्रतिरोधी क्षमता कमजोर भएकालाई यो बेला सङ्क्रमणले सताउने भएकाले विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ । यो याममा धुलो, धुवाँका कारण पनि स्वास्थ्य समस्या धेरै देखिने गरेको चिकित्सकको भनाइ छ । 

धुलो, धुवाँको सङ्क्रमणबाट जोगिन बाहिर हिँड्दा गुणस्तरीय मास्क लगाउन र सकेसम्म धुलाम्मे सडकको प्रयोग नगर्न डा. झाको सुझाव छ । सर्लाहीका अधिकांश सडकमा अत्यधिक धुलाम्मे छन् ।