• १३ साउन २०८१, आइतबार

सभामुख घिमिरे बहराइन जानुहुने

blog

सभामुख देवराज घिमिरे । फाइल तस्बिर

काठमाडौं, फागुन २३ गते । सभामुख देवराज घिमिरेले बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिनुहुने भएको छ ।

उहाँ नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लाग्नुभएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । 

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र प्रतिनिधि सभाका सचिव गोपाल योगी सहभागी हुनुहुनेछ ।

 नेपाल उक्त सङ्घको सदस्य छ । रासस