• २७ वैशाख २०८१, बिहिबार

महिला आयोग समुदायस्तरमा पुग्नुपर्छ : उपाध्यक्ष अर्याल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल । तस्बिर : कबिता थापा

काठमाडौं, फागुन २३ गते। राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय महिला आयोग  समुदाय स्तरसम्म पुग्नुपर्ने बताउनुभएको छ। 

राष्ट्रिय महिला आयोगले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले हरेक ठाउँमा महिलाको पहुँच पुर्‍याउन त्यो खालको समन्वय आवश्यक रहेको बताउनुभएको हो। 

उपाध्यक्ष अर्यालले भन्नुभयो, “त्यो खालको समन्वय र परिपूरक रुपमा काम गर्ने दौडानमा जनसमुदाय र महिलासँग महिला आयोगको तुरुन्त उपस्थिती, सुनुवाइ गराउने काम गर्नुपर्छ। यसले अरुलाई दमित गर्ने घटनामा आयोग आइपुग्ने रहेछ भनेर सचेत गराइन्छ। मानसिक रुपले परिवर्तन गर्न नसकेको अवस्थामा भौतिक रुपमा केही गरेर भए पनि मानसिक रुपमा परिवर्तन गराउनुपर्ने अवस्था छ।”

उहाँले महिलालाई समानुपातिक कोटामार्फत् ३३ प्रतिशत नेतृत्वमा दिँदै आएकोमा अब  गाउँपालिका, नगरपालिकामा प्रत्यक्ष तर्फ ५०/५० प्रतिशत महिला पुरुष लडाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “३३ प्रतिशत होइन ५० प्रतिशत महिला पुर्याउनुपर्छ। जनसङ्ख्या तुलना गर्ने हो भने नेपालमा कम्तिमा ४० प्रतिशत पुर्‍याउनुपर्ने देखिन्छ।’’ 

‘‘समानुपातिकमा होइन, प्रत्यक्षमा महिला ५० प्रतिशत, गाउँपालिका अध्यक्ष ५०÷५० प्रतिशत महिला उम्मेदवार बनाउनुपर्छ’’, उहाँले भन्नुभयो। अबका महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने गरी लडाइँ लड्नुपर्नेमा जोड दिनुभयो।