काठमाडौं, फागुन २३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र)को योङ कम्युनिस्ट लिग (वाईसीएल)ले ज्ञापन-पत्र बुझाएको छ।
मङ्गलबार सिंहदरबारमा पुगेर माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई वाईसीएल अध्यक्ष सुबाेध सिर्पाली नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विभिन्न राजनीतिक माग राखिएको छ।