• १७ असार २०८१, सोमबार

पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

blog

काबुल, फागुन २३ गते । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार तीन हजार अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै, सङ्ख्यामा इरानमा पनि छन् । विगत ६ महिनामा दुई ७० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् । रासस/सिन्ह्वा