• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जलि अर्पण

blog

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् विज्ञान तथा प्रविधि विभागका प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, फागुन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन हुनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री प्रचण्डले नेता उपाध्यायप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

शनिबार काठमाडौंको शङ्खमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाल र उहाँको  परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो । दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । रासस