• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचन सन्दर्भमा एमालेको अभिमुखीकरण कार्यक्रम

blog

अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै नेकपा (एमाले)ले अध्यक्ष केपी ओली । साथमा उपाध्यक्ष एवम् राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ।

काठमाडौं, फागुन २२ गते । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन सन्दर्भमा सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ ।

राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख एवम् एमाले उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको निजी सचिवालयका अनुसार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम जारी रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित देशैभरका एमाले सांसद सहभागी हुनुहुन्छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा फागुन २२ गते सोमबारको मध्यरातिदेखि प्रचारप्रसारमा निषेध अवधि तोकिएको छ । राष्ट्रपति पदमा एमालेका नेम्वाङ र पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।