• १३ मंसिर २०८१, बिहिबार

प्युठानमा जेसिबि र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

blog

सलिम मिया

विजुवार, फागुन २० गते । प्युठानको माण्डवि गाउँपालिका – ५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ ।  बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। 

मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती –२ टिकुरी बस्ने अन्दाजी ४०/४५  वर्षका रामबहादुर थापा (गोपाल) रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसिरहनुभएकी ऐरावती–२ कि कमला भुसाल घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङतर्फ आउँदै गरेको लु २१ प ६२१९  नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल 'मिसन ग्रास रुट' कार्यक्रमका लागि सरुमारानी–२ रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो।

दुर्घटनापछि कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटीका सचिवालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो।