• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डलाई थप आठ मन्त्रालयको जिम्मेवारी

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, फागुन १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सोमबार नेकपा (एमाले) बाट मन्त्री भएकाहरूले राजीनामा दिनुभएपछि उहाँहरूले सम्हाल्दै आउनुभएका आठ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले पाउनुभएको हो ।

मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोक्नुभएको हो ।

एमालेले अर्थ, कृषि, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमिसुधार मन्त्रालय पाएको थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो ।