• १३ साउन २०८१, आइतबार

सरकारलाई दिएको समर्थन बारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

blog

काठमाडौँ, फागुन १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज(सोमबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बस्ने भएको छ । 

बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने पार्टी सचिवालयले जनाएको छ । आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । नेपाल न्युज एजेन्सीबाट