राममणि दाहाल
हेटौँडा, फागुन १३ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
हेटौँडा–भीमफेदी–फाखेल–फर्पिङ सडक खण्डको हेभीमा शनिबार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७३ प ९०६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ जिल्ला घर भएकी आशिका चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मोटरसाइकल आफँै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार २३ वर्षीय चौधरीको ढुङ्गामा टाउको ठोक्किँदा घटनास्थलमा नै मृत्युभएको थियो ।
मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका ५ थानकोटमा ओमकुमार रानामगर सामान्य घाइतेभएको र प्रहरीले नियन्त्रण रहनुभएको छ ।
यस्तै इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभी क्षेत्रमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९० प २६०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा भारतीय नागरिक मोटरसाइकल चालक विकास जयसवालको मृत्यु भएको छ । मोटरसाइकलमा दुर्घटना परी टाउकोमा चोट लागेका गौतम कुमारको हेटौँडा अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरी निरीक्षक घिमिरेले दिनु भयो । ३८ वर्षीय जयसवाल र १८ वर्षीय गौतम कुमार दुवै काठमाडौँमा डेरा गरी बस्दै आएका थिए ।