• ११ मंसिर २०८१, मङ्गलबार

‘छुकछुक छुकछुक’ सार्वजनिक

blog

काठमाडौँ (गोरखापत्र), फागुन ९ गते । युवा सशक्तीकरणमा आधारित ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जागृत रायमाझीको शब्द र सङ्गीत रहेको गीतमा सुरज पण्डितको स्वर रहेको छ । गीत मल्लाज प्रोडक्सनको प्रस्तुति हो ।  विदेशिएका युवालाई नेपालमै फर्किनुपर्ने सन्देश दिने गीतका शब्दहरू अत्यन्त मार्मिक छन् । नेपालमा केही गर्छु भन्ने रहर भए पनि विदेशिनुपर्ने बाध्यता र युवा विदेशिँदा गाउँ रित्ता भएका विषय गीतमा समेटिएको छ । 

गीतको भिडियोमा सुरजका साथै सबिना गोपाली, सेबिता अधिकारी, शङ्कर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायतका कलाकारको अभिनय छ । गीतमा बच्चाले रेलगाडी खेलेको, रुखमा झोलाहरू झुन्ड्याएको र विदेशिँदा पासपोर्ट लेखिएको साङ्केतिक रूपमा देखाइएको छ ।