राधाकृष्ण डुम्रे
वालिङ, फागुन ८ गते । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक चापाकोट–२ का नवीन सुनार र वालिङ–८ का १४ वर्षका सोबिन विकको उपचारका क्रममा ज्यान गएको हो ।
आइतबार राति ढुङ्गा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । चालक नवीनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा मृत्यु भएको प्रहरीको भनाइ छ ।