• १२ मंसिर २०८१, बुधबार

सचिन स्मृति दौडको उपाधि दिनेशलाई

blog

प्रतियोगिताका विजेताहरु । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, फागुन ७ गते । प्रजातन्त्र दिवसको अवसरमा रोटर्‍याक्ट क्लब अफ दमौलीले आयोजना गरेको २०औं सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नुभएको छ ।

व्यास नगरपालिका–३ दमौलीको अनसन चौतारी देखि व्यास नगरपालिका १४ छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट ३० सेकेन्डमा पार गर्दै गुरुङले उपाधि हात पानु भएको हो । प्रतियोगितामा आँबुखैरेनी–१ का सनम गुरुङ दोस्रो हुनुभयो । उहाँले  ३० मिनेट १० सेकेन्डमा पार गरेर र दोस्रो हुनुभएको हो । 

ललितपुर –४ का ब्रिकेश घिमिरेले ३० मिनेट ४२ सेकेन्डमा पार गरी तेस्रो हुनुभयो । प्रतियोगितामा विजेतालाई १४ हजार, उपविजेतालाई १२ हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ प्रदान गरिएको छ । 

यसैगरी भानु–१२ का अनिल माजकोटी, ऋषिङ–६ की सुस्मिता रानाभाट, व्यास –१ का कृतिक घर्ती सान्त्वना हुनुु भएको छ । उहाँहरुलाई जनही रु २ हजार प्रदान गरिएको छ ।  

भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष  श्रेष्ठले जानकारी दिनुभयो । 

यस प्रतियोगिताले छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिईएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । दमौलीको अनसन चौतारीबाट सुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । प्रतियोगितामा ८८ धावकको सहभागिता रहेको थियो ।