• १२ मंसिर २०८१, बुधबार

२९ पदकसहित कालिका मानवज्ञान प्रथम

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन ७ गते । बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोस्रो भएको छ । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ । 

न्यु होराइजन माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी १४ पदक जित्दै तृतीय स्थानमा चित्त बुझाएको छ । कान्ति माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत, ८ कास्यसहित ११ पदक, एभरेष्ट बोर्डि?ले २ स्वर्ण, १ कास्य पदक जितेको छ । 

दीप बोर्डिङले १ स्वर्ण, ५ रजत, ५ कास्यसहित ११, इडन बोर्डिङले १ स्वर्ण, २ कास्य, सिद्धार्थ गौतमबुद्धले १ स्वर्ण, नहरपुर माविले १ स्वर्ण, ४ रजत, ३ कास्य पदक जितेको छ । 

त्रिभुवन युनाइटेडले १ स्वर्ण, अक्सफोर्ड माविले १ स्वर्ण, २ रजत र ७ कास्य, एलबी नमूनाले १ रजत, उजिरसिंह माविले १ रजत, २ कास्य, सिद्धेश्वर लालकुमारी माविले १ रजत पदक जितेको छ । 

यस्तै, लुम्बिनी बोर्डिङले १ कास्य, ज्ञानोदयले १ कास्य, ग्लोरी बोर्डिङले २ कास्य, नवरत्न माविले ५ कास्य, गार्गी एकेडेमीले २ स्वर्ण, १ रजत, ५ कास्य पदक जितेको छ । अन्नपूर्ण माविले १ स्वर्ण, १ रजत, १ कास्यपदक जितेको छ । मणिमुकन्द माविले २ रजत, १ कास्य, भवानी मावि १ रजत, मोतीपूर मावि २ कास्य, ज्ञानपुञ्ज माविले १ कास्य पदक जितेको हो । 

विजेता र उपबिजेतालाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले शिल्ड, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो । पुरस्कार हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले बुटवलबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुनेगरी क्षमता विकासका लागि सहयोग गर्ने बताउनुभयो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १५, १० र ५ हजार रुपियाँ नगद प्रदान गरिएको प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताउनुभयो ।