• १२ मंसिर २०८१, बुधबार

दलित समुदायलाई ग्याँस चुल्हो र सिलिण्डर बितरण

blog

दलित समुदायका प्रतिनिधिलाई ग्याँस सिलिण्डर वितरण गरिदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन ७ गते । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाले दलित समुदायलाई ग्याँस चुल्होसहित भरिएको सिलिण्डर बितरण गरेको छ । लक्षित वर्गका सदस्यको घरलाई धुँवारहित बनाउन गाउँपालिकाले चुल्हो र सिलिण्डर वितरण गरेको हो ।  

चङ्खेली गाउँपालिका– २ का कालुसिंह दमाईले गाउँपालिकाबाट अनुदानमा ग्याँस चुल्होसहित सिलिण्डर  पाएको बताउनुुभयो । उहाँले परापूर्वकालदेखि सल्ला लगायतका दाउरा बाल्दै आएकोमा अब आधुुनिक ग्याँस घरमा प्रयोग गर्न पाएको बताउनुुभयो । ग्याँस पाएलगत्तै घरमा जडान गर्नुभएका दमाईले दलितको स्वास्थ्य स्वच्छ राख्न पनि गाउँपालिकाको यो कामले सहयोग पुुग्ने बताउनुुभयो ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले लक्षित बर्गको कार्यक्रम अन्तर्गत गाउँपालिकाका दुुई सय घर परिवारलाई ग्याँस चुल्हो र भरिएको सिलिण्डर अनुदानमा बितरण गरिएको बताउनुुभयो । उहाँले आफुुले निर्वाचनका बेला लक्षित बर्गको घरमा दाउरा बालेर निस्केने धुँवारहित चुल्होको ब्यवस्था गर्ने प्रतिबद्धताअनुसार कार्यक्रम शुरु गरिएको बताउनुभयो ।