• १२ मंसिर २०८१, बुधबार

इथोपियामा प्रशिक्षण लिँदै सन्तोषी

blog

सन्तोषी श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, फागुन ७ गते । नेपालकी चर्चित एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठले इथोपियामा एथलेटिक्स प्रशिक्षणको अवसर पाउनुभएको छ । सन्तोषीलाई ग्लोबल स्पोर्ट्स कम्युनिकेसनले ३५ दिने प्रशिक्षणको छात्रवृत्ति प्रदान गरेको हो ।

उहाँको प्रशिक्षणलाई एनआरएनए स्पोर्ट्स फाउन्डेसनको पहल र इयर्ली ट्रस्टको आर्थिक सहयोग रहनेछ । ग्लोबल  स्पोर्टस एथलेटिक्स खेलाडीको ब्यवस्थापन हेर्दै आएको संस्था हो । इथोपियामा सन्तोषीले पूर्व  विश्व च्याम्पियन तथा ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई प्रशिक्षण दिइसकेका प्रशिक्षक टेसेमा अब्सहिरोसँग प्रशिक्षण लिनुहुनेछ ।

इथोपियाको प्रशिक्षण पछि सन्तोषी नेदरल्यान्ड्सको भेन्लोमा हुने १६औं संस्करणको भेनलुप हाफ म्याराथनमा सहभागी हुन मार्च २२ मा त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

नेपालका भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाउनु भएकी सन्तोषीले गण्डकी प्रदेशका भएको नवौं राष्ट्रिय खेलकुदमा पाँच र दश हजार मिटर दौडमा स्वर्ण जित्नुभएको थियो ।

सन्तोषी सोमबार इथोपिया प्रस्थान गर्नुहुनेछ । सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठ, प्रशिक्षक रघु वन्त लगायतले बिदाई गर्नुभयो ।