काठमाडौं, फागुन ७ गते । लिनिङ्ग १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि नेपाल पुलिस क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।
विराटनगरमा आइतबार सम्पन्न फाइनलमा प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २१–१४, २१–१७ ले हराउँदै उपाधि जित्नुभएको हो । प्रिन्सको यो लगातार तेस्रो (ह्याट्रिक) उपाधि हो । उपाधिसँगै प्रिन्सले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपविजेता प्रफुलले ३० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष वरीयतामा रहेका पुरुष एकलतर्फको खेलमा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त हुनुभयो । महिला एकलतर्फ आर्मीकी अनुमाया राई च्याम्पियन बन्नुभयो ।
फाइनलमा उहाँले एपीएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले हराउनुभयो । आर्मीकी रशिला महर्जन र प्रार्थना देउवा तेस्रो हुनुभयो । प्रतियोगिताका विजेतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभयो ।