नारद कोहार
तौलिहवा, फागुन ७ गते । कपिलवस्तुमा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय हाताभित्र विभिन्न प्रजातिको बिरुवाको वृक्षारोपण गरिएको हो ।
यस्तै, तौलिहवास्थित तौलेश्वर महादेव मन्दिर र त्यस वरपर तथा सिद्धार्थ पार्कमा सरसफाइ गरिएको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । सरसफाइ अभियानमा सामुदायिक प्रहरीको समेत सहभागिता रहेको थियो । शिवरात्रि मेलामा मन्दिर परिसर फोहोर भएपछि सरसफाइ भएको सामुदायिक प्रहरीका अध्यक्ष देवीप्रसाद बर्माले बताउनुभयो ।
प्रजातन्त्र दिवस मूल समारोह समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले यस वर्ष कुनै औपचारिक कार्यक्रम भने नगरिए पनि सरसफाइ वृक्षारोपण, दीप प्रज्वलनलगायतको कामगरी दिवस मनाइएको बताउनुभयो ।