• १३ साउन २०८१, आइतबार

अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपालमा

blog

काठमाडौँ, फागुन २ गते । मित्रराष्ट्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आउनुभएको छ । उपसहायक विदेशमन्त्री अख्तर नेपालमा रहँदा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थासँग विशेष छलफल गर्नुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 

साथै उहाँले नेपाली सेना, सरकारी उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नुहुनेछ । यी छलफलमा जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपत् प्रतिकार्यका विषयका साथै लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा कुराकानी हुनेछ ।