• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेट गर्नुहुँदै भारतीय विदेश सचिव विनयमोहन क्‍वात्रा । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राबीच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता भएको हो । 

भेटमा दुई देशको सहकार्यको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभीटी, कृषि, शिक्षा र सांस्कृतिका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।