• १२ मंसिर २०८१, बुधबार

प्रेस सेन्टर बाँके अध्यक्षमा आचार्य

blog

प्रेस सेन्टर बाँकेको नयाँ कार्यसमिति ।

सिराज खान 

नेपालगञ्ज, फागुन १ गते । प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न प्रेस सेन्टर बाँकेको साधारणसभा तथा विशेष अधिवेशनबाट आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । 

विशेष अधिवेशनले निवर्तमान वरिष्ठ उपाध्यक्ष राजेश आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा सङ्गिन शर्मा, समावेशी उपाध्यक्षमा सीता वली, सचिवमा केपी घिमिरे, सहसचिवमा डिल्ली शाही र तिलक नेपाली तथा कोषाध्यक्षमा अनिता विक निर्वाचित हुनुभएको छ । 

त्यसैगरी, कार्यसमितिको सदस्यमा निरज सिंह, सन्तोष विष्ट, कल्पना शाही, अरशद अली रंगरेज, युसुफ अन्सारी, ममता खड्का, इन्द्र चौधरी, खिमप्रसाद डीसी, कृष्ण उपाध्यक्ष र अनिश शाह निर्वाचित भएका छन् ।  

यसअघि सो विशेष अधिवेशन तथा साधारणसभाको उद्घाटन पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वरजंग गहतराजले गर्नुभएको थियो । साधारणसभामा साङ्गठनिक प्रतिवेदनसँगै आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो । कार्यक्रममा बाँकेका ६ वटा पालिकामा गठन गरिएको प्रेस सेन्टरका पदाधिकारी र सदस्यहरुको पनि सहभागिता थियो । 

सो अवसरमा ३ जना पत्रकारलाई पुरस्कृत गरिएको थियो भने ६ जना पत्रकारलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।