• १२ मंसिर २०८१, बुधबार

आरएनजीसीको अध्यक्षमा याक्थुम्बा

blog

आरएनजीसीका निर्वाचित पदाधिकारीहरु । तस्बिर : मधुकर याक्थुम्बाको फेसबुकबाट

काठमाडौं, माघ २८ गते । नेपाली गल्फ खेलको इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को अध्यक्षमा मधुकर याक्थुम्बा निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न चुनावी साधारण सभाले याक्थुम्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

याक्थुम्बा नेपाल गल्फ संघको पूर्व अध्यक्ष र क्लबको पनि पूर्व अध्यक्ष हुनुहुन्थ्यो । याक्थुम्बाले अध्यक्षका प्रत्यासी राजेन्द्रमान शेरचनलाई हराउनुभएको हो । याक्थुम्बाले ६९ मत प्राप्त गर्दा शेरचनले २८ मत पाउनुभएको थियो । 

यसैगरी उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्वाचित हुनुभयो । राजेन्द्रले ७३ र पराजित डा.रन्जित बरालले २४ मत पाउनुभएको थियो । क्लबको कप्तानमा मिथुन राई र उपकप्तानमा रविन राणा निर्वाचित हुनुभयो । मिथुनले ५४ मत पाउँदा पराजित समिर आचार्यले ४३ मत पाउनुभएको थियो । 

रविन र जीवन लिम्बुले समान ४८/४८ मत पाएपछि लक्की ड्रमा रविनले बाजी मार्नुभएको हो । रविन बाहेक याक्थुम्बा प्यानलबाट १४ जना निर्वाचत हुनुभएको छ । महिला कप्तानमा आर्सिया बानु निर्विरोध निर्वाचित हुनुभयो । 

सदस्यहरुमा रोशन‌ राई, शशी सिंह, रजत राणा, कृष्ण अग्रवाल, भरत बस्ताकोटी, दमनबहादुर घले, दीपककुमार कार्की, प्रकाश बन, शाश्वत बस्ताकोटी र प्रदिप राणा निर्विरोध निर्वाचित हुनुभएको छ । 

नेपालमा गल्फ स्थापनासँगै यस खेलको  विकासमा सय वर्षभन्दा बढी समय पार गरेको आरएनजीसी गल्फ खेलाडी उत्पादनमा नेपालको अग्रणी क्लब हो ।