• १२ मंसिर २०८१, बुधबार

महिला हक्कीमा आर्मी च्याम्पियन

blog

उपाधि विजेता आर्मी टोली । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केबर, माघ २८ गते । लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाल आर्मीले पाचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको नकटाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले हरायो ।

आर्मीको जितमा सितारमाया बल र सरस्वती तामाङले गोल गर्नुभयो । लुम्बिनीकी अनन्या वर्नवालले एक गोल गर्नुभयो । उपाधिसँगै आर्मीले ७५ हजार र उपविजेता लुम्बिनीले ४० हजार रुपियाँ पुरस्कार पायो । ‘उमन अफ द म्याच’ नेपाल आर्मीकी सीतामाया बल हुनुभयो । 

उत्कृष्ट खेलाडीको पुरस्कार लुम्बिनीकी अनन्या बर्नवाल पाउनुभयो । लुम्बिनीकै प्रतिभा सरोजले उत्कृष्ट गोलरक्षकको पुरस्कार पाउनुभयो । सर्वाधिक गोलकर्ताको पुरस्कार नेपाल आर्मीकी कमला चन्द र हिमानी थापाले उत्कृष्ट रक्षकको पुरस्कार पाउनुभयो । उदीयमान खेलाडीको पुरस्कार मधेश प्रदेशकी अन्जनाकुमारी सिंहले पाउनुभयो ।

उत्कृष्ट सबैलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । प्रतियोगितामा ६ प्रदेश र आर्मी गरी सात टोलीको सहभागिता थियो । विजेतालाई मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोलगायतले पुरस्कार प्रदान गर्नुभयो ।